
ननस्टपखबरसँग कुरा गर्दै मन्त्री पण्डितले केही मधेसी नेताहरु तराईको जनतालार्इ भड्काएर आफ्नो अभिष्ट पूरा गर्न हात धोएर लागिपरेकाले जनताहरु सचेत बन्नुपर्ने बताए । तराईमा हाल देखिएको आन्दोलन राजनीतिक नभएको र यो पैसाको बलमा मन्चन भएको भीडमात्र भएको उनको तर्क थियो । उनले मधेशी नेताहरुले अान्दाेलन अघि जनतालार्इ एकातिर ५० लाखको लोभ देखाएकाे र अर्कोतिर जबर्जस्ती सहभागी गराउने काम भएको बताए ।
जनता जागेपछि बिखण्डनकारीहरु आफै लखेटिने उनले जिकिर गरेका छन । एउटै बैंकबाट मात्र तीन अर्ब आन्दोलनका लागि भित्र्याइएको प्रमाण रहेको बताउँदै मन्त्री पण्डितले आन्दोलनका लागि बिदेशबाट पचासौ अर्ब आएको दाबी गरे । पैसा सकिएपछि आन्दोलन आफै सकिने उनको भनाइ रहेको छ ।
मन्त्री पण्डितले मानव अधिकारबादीहरुमाथि पनि असन्तुष्टि प्रकट गरेका छन् । आन्दोलनमा प्रहरीले ज्यादती नगरेको जिकिर गर्दै उनले भने "ब्यक्तिगत स्वतन्त्रता राष्ट्रिय स्वतन्त्रता मातहत हुन्छ । राष्ट्रभन्दा माथि ब्यक्ति नभएकोले तराइमा मानव अधिकारका कुरा बेतुकका कुरा हुन ।" बार्ताबाट भाग्ने अनि बिदेशी मार्फत माग राख्ने मधेसबादी दलका हर्कतले राष्ट्रिय स्वाधीनताको धज्जी उडाएको उनले आरोप लगाए ।
एक अर्को प्रसङ्गमा उनले भने "आज संविधान बन्छ । सन्तुष्ट नहुनेले संविधान जलाउन सक्छन तर देश जलाउने छुट कसैलाई हुनेछैन । राज्य मुकदर्शक भएर बस्दैन ।"