Monday, 28 September 2015

भारतलाई अर्को झड्का, सुरक्षा परिषद सदस्य बन्न चीन र रुसले साथ नदिने

काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।
विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ । स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ ।
भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।
 अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।
रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us