
अरु महिलाले जस्तै यिनले पनि तीजको ब्रत लिएकी छिन् । तर रमझमको तीज मनाउने यिनको कामना भने पूरा हुन् सकेन । खासगरी हिन्दू महिलाहरु तीजमा माइती जाने प्रचलन छ । माईतीघरमा सुःख दुखका गित गाउँदै रमाईलो गर्ने चलन छ । तीजमा पनि माईत जान नपाउने महिलाहरु आफुलाई अभागी ठान्छन् । सडकमा भेटिएका यिनी त्यस्तै एक अभागी महिला हुन् जो तीजमा पनि सडक छेउमा बसेर खुद्रा व्यापार गर्न बाध्य छिन्, पेट पाल्नका लागि । त्यसोत, कर्तव्यले बाँधिएका नारीहरुका लागि पनि खल्लो बन्यो तिज । काठमाडौंको थापाथली क्षेत्रमा ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएका महिला ट्राफिक प्रहरीका लागि तीज पर्व भन्दा पनि जनताको सेवा महत्वपूर्ण बन्यो । तीजका भाकामा महिला अधिकारको आवाज घन्काईरहँदा यी ट्राफिक महिलाहरुले भने कर्तव्य र जिम्मेवारी दिए पुरुष भन्दा आफुहरु कम नभएको सन्देश दिइरहेका थिए ।नर्सहरु पनि तीजको खुसियाली छाडेर रोगीको पीडामा मल्हम लगाईरहेका थिए ।
यीनिहरु एक सामान्य महिलाले निभाउने धर्म संस्कृति र परम्परा पनि निरन्तरता दिइरहेका छन् भने व्यवशायीक स्वस्थ्यकर्मीको रुपमा विरामीको उपचार गर्दै छन् । हुन कुनै पनि चाड पर्वले कसैलाई विभेद गरेको छैन । विभेद गरेका छन् त यही समाजले । धनिहरुले प्रदर्शन गर्ने तडक भडकले गरिव र मजदुर महिलाहरुलाई जिस्काईरहेका छन् । आधुनिकताका नाममा परम्परागत, धार्मिक तथा सास्कृतिक पर्वहरु विस्तारै हुनेखानेको पेवा झै बनेको छ । धर्म धान्ने क्रममा धनको तुजुकलाई लिएर देखिएको यो विकृतिले समाजमा वर्गीय विभेद भने वढाउदै छ , जुन हिन्दू संस्कृतिको सन्देश भने होइनन नै ।