Monday, 10 August 2015

भारतमा ६.२ रेक्टरको भुकम्पको धक्का महसुस

एजेन्सी : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ । सोमबार दिउँसो ३ बजेर ४८ मिनेटमा भारतको राजधानी दिल्ली, पञ्जावसहित उत्तर भारतमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् । यो भूकम्पको धक्का हिमाञ्चल प्रदेश, हरियाणा, पंजाब र श्रीनगरसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार भूकम्प ६.२ म्याग्निच्यूडको थियो । यो भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दकुशमा रहेको बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us