Saturday, 29 August 2015

माता भन्छिन्,‘हृदयेन्द्र्रको बिशिष्ट राजयोग छ’

देशको लागि कालो कोट र कालो टोपी पनि अशुभ रहेको देखिएको छ । संसद भवन पनि गलत ठाउमा रहेको देखिएको छ । तर संसद भवनको उत्तर, पूर्वबाट प्रवेशद्वार बनाएमा केही राम्रो हुने देखिएको छ । यो बर्ष सविधान आए पनि त्यो संविधानले राम्रो हुने देखिदैन ।’ मातालाई भेटनासाथ नेपालमा के हुदै छ यस्तो ? नेप्लिज डट ओआरजीको प्रश्नमा उनले भनिन् ‘ हजूर ०७२ साल नेपालको लागि सारै अनिष्ट छ । कालो ग्रह छ । ‘बहु’ भनेको धेरै र ‘हत्तर’ भनेको हत्या हो । त्यसकारण यो साल निकै अनिष्ट देखिन्छ ।’ यो वर्षको भदौ महिना त अझ धेरै अनिष्ट हुने देखिन्छ । ७ भदौमा टिकापुरमा ठूलो घटना भयौ नि तपाईलाई पनि थाहा भयो होला ! यो घटनाको भबिष्यबाणी गर्नु भएको थियो ? भन्ने हाम्रो जिज्ञासामा उनले भनिन् ‘म पनि टेक्नोलोजिसग जोडिएको छु । म पनि सामाजिक संजालहरु हेर्ने र चलाउने गर्छु । एक जना माओवादीका नेता आउनु भएको थियो । मैले उहाँलाई भनेको थिएँ । भाला रोपेर मारा मार हुदैछ त, भनेको थिएँ । मैले माधब नेपाललाईसमेत फोन गरेर भनेको थिएँ ।’ दुर्घटना हुदै छ भन्ने थाहा पाएर पनि रोक्ने केही उपाय बताउन सक्नु भएन ? भन्ने जिज्ञासामा उनले भनिन् ‘ मैले अनिष्ट हँुदै गरेको र दुर्घटना हुन्छ भन्ने देख्छु । सचेत त बनाएकै हुँ । अनि त मैले माधब नेपाललाई भाला रोपेर मारामार हुदै छ भनेको हुँ ।’ त्यही बेला माताको दर्शन गर्न पुगेका एक माओवादी नेताले भने ‘ म ७ गते आउँदा माताले भाला रोपेर मारामार हुँदै छ भन्नु भएको थियो । त्यसको दुई घण्टा नहुँदै टिकापुर घटना भयो । त्यही हुनाले दोश्रो पटक आएको हुँ ।’ २७ वर्षअघि धनकुटामा जन्मेकी माता अर्थात सबिता सरु शर्मा आचार्य, आजभन्दा १८ बर्ष अघि आफूलाई यसरी अलौकिक शक्ति प्राप्त भएको बताउँछिन् । भगवान् शिब र सरस्वतीले सपनामा आफूलाई यो आलौकिक शक्ति दिएको उनी बताउँछिन । नेप्लिज डट ओआरजी उनलाई भेटन् पुग्दा, उनी माता भए पनि साधरण व्यक्ति जस्तै देखिएकी थिइन् । माता बनेर पहेलो बस्त्र पहिरिने वा अन्य तडकभडक उनमा देखिएन । ०६४ सालमा पनि सविधान आउदैन भनेर उनले भबिष्यबाणी गरेकी थिईन् । नभन्दै संविधान आउन सकेन । उनीसंग नेता, राजपरिवार, व्यापारीलगायत सर्बसाधरणलेसमेत आफनो भबिष्य देखाउने गरेका छन् । बेला, बेला उनले गरेका भबिष्यबाणी मिडियामा पनि निकै छाउने गरेका छन् । पूर्ब राजपरिवारको पनि भबिष्यबाणी गर्नु भयो भनेर मिडियामा समाचार आउछ नि ? भन्ने प्रश्नमा उनले भनिन् ‘ मिडियामा के आउँछ मैले कसरी भनँु धेरै जसो मिडियाले मसंग सम्पर्क नगरी आफैले लेख्नु हुन्छ ।’ उनले पूर्व राजा ज्ञनेन्द्र शाहको तीन पटक राजयोग रहेको बताइन् । पूर्व युवराज पारसको पाँच बर्षअघि नै राजयोगको अन्त्य भएको र उनका छोरा हृदयेन्द्र्र शाहको त झन् चारवटा ग्रह बुध, बृहस्पति, सुर्य र मंगल निकै राम्रो भएकोले बिशिष्ट राजयोग रहेको माताको दावी छ । हिमानी शाहको भने भाग्य बलियो रहेको उनले बताईन । राजा कहिले बन्ने योग छ भन्ने प्रश्नमा उनले भनिन् ‘ राजयोग देखिन्छ । कहिले भनेर त पूर्व राजाले पनि सोध्नु भएन । त्यसकारण यस बारे धेरै कुरा नगराँै ।’ पूर्व राजाले तपाइसंग के के सोध्नु भयो त ? भन्ने प्रश्नमा उनले भनिन् ‘उहाँले देशकै वारेमा चिन्ता गर्दै धेरै जिज्ञासा राख्नुभयो । देशमा कहिले शान्ति आउँछ भन्नुभयो ।’ के जवाफ दिनु भयो त ? भन्ने जिज्ञासामा माता सरुले ०७३ सालबाट मात्र शान्ति आउने बताइन । हिमानी र पारसलाईसंगै नबस्न सुझाव दिने माताले पूर्व युवराज पारसको देश बाहिरै बस्ने योग रहेको बताइन् । केपी ओलीको छोटो समय प्रधानमन्त्री बन्ने योग रहेको, गृहमन्त्री वामदेव गौतमको राम्रो गर्छु भन्दा पनि नराम्रो भई दिने आरोप बढी लाग्ने योग रहेको उनी बताउँछिन । नेताहरुमा माधव नेपाल र प्रचण्डको राम्रो योग रहेको बताउँदै उनले माधब नेपाल फेरी प्रधानमन्त्री हुन सक्ने उनको कथन छ । उनले ०७२ साल मा देशमा दलहरुबीच झै झगडा र काटमार हुने भन्दै अनिष्ट रहेको बताइन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us