Wednesday, 5 August 2015

झारफुख गर्न घरमा आएका धामीको हत्या

दैलेखमा एक जना व्यक्तिले धामीको हत्या गरेका छन्। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सातला गाविसका नारायण शाहीले आफूलाई झारफुक गर्न आएका धामीको हत्या गरेका हुन्।
सोही गाविसको वडा नं ७ निवासी ६० वर्षका धामी सेते कामीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन ठिक नभएका शाहीले आफूलाई झारफुक गर्न पुगेका धामीलाई हँसिया प्रयोग गरेर मंगलवार दिउँसो एक बजे हत्या गरेका हुन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us