Tuesday, 25 August 2015

प्रेम विवाह गरेको भन्दै सिरहामा बहिनीमाथि दाजुले गोली चलाए

सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले मंगलबार बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् ।
गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् । घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष सिरहाको चौहर्वामा गरिदिइएको थियो, तर त्यहाँबाट भागेर सिंग्राहीस्थित घर अगाडि नै प्रेम विवाह गरी आएको झोंकमा भाइले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।
स्थानीय सन्तोष महतोले भने, ‘पहिले रेणुमाथि गोली प्रहार भयो । तर कपालमा हल्कामात्र लाग्यो । त्यसपछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर बनायो ।’
गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन् ।
यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले रेणुमाथि गोली प्रहार नभई धारिलो हतियारमात्र प्रहार गरेर गम्भीर घाइते बनाएको बताएका छन् । उनले घटनाबारे विशेष अनुसन्धान भइरहेको पनि बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us