जुम्ला स्वायत्त कर्णाली प्रदेशको माग गर्दै ८ दिनदेखि जारी आन्दोलन नियन्त्रणा बाहिर जान थालेपछि आइतवार साँझ साढे ५ बजेदेखि सोमवार विहान साढे ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
आन्दोलनकारीले आइतबार सरकारी कार्यालयका बोर्ड निकालेर फ्याँकेका छन् भने प्रहरीलाइ नियन्त्रणमा लिएर हातपातसमेत गरेका छन् । सो क्रममा चार जना प्रहरी घाइते भएका छन् । दुइ जना नेपाल प्रहरी र दुइ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।