गौशाला नगरपालिका८ स्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड महोतरी सुन्दरपुर ९ शिवनगर बस्ने ४४ बर्षीय महेश्वर झाको आफ्नै सहकर्मी गार्डले हानेको गोली लागी शनिबार मृत्यु भएको छ । झालाई सर्लाही सुदामा ६ घर भई सोही बैंकका गार्ड ४४ बर्षीय अजय कुमार सिंहले १२ बोर बन्दुकले छातीमा गोली प्रहार गरी बाहिरबाट ताला लगाई फरार भएका थिए । फरार अभियुक्तको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।