Monday, 24 August 2015

प्रहरीको खोजीमा रहेका गुण्डा नाइके रिगलद्धारा अदालतमा आत्मसर्मपण

असरको अन्तिम साता नेपालगन्जको व्यस्त सडकमा खुडा प्रहार गरी भएको हत्याकाण्डका मुख्य आरोपी गुण्डा नाइके रिगल भनिने योग ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसर्मपण गरेका छन् ।
नेपालगन्ज -८ का २९ बर्षीय चेतन मानन्धरलाई असार २८ गने खुँडा प्रहारी गरी हत्या गरेको अभियोग लागेका ढकाल प्रहरीको खोजीमा थिए । ढकाल नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाँकेको निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अध्यक्ष हुन् ।
काठमाडौंमा गुन्डा नाइके घैंटे इन्काउन्टरमा मारिएको केही दिनपछि नै नेपालगन्ज-५ का ढकाल आफैं अदालतमा उपस्थित भएका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us