Sunday, 16 August 2015

राष्ट्र विरोधी अभिव्यक्ति दिने अमरेशकुमार सिंहलाई पार्टीबाट निस्कासन गर्न कांग्रेसको माग

नेपाली कांग्रेस कैलालीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै पार्टी सभासद अमरेशकुमार सिंहलाई पार्टीबाट निष्कासन गर्न माग गरेको छ । कांग्रेस कैलालीले आइतबार विज्ञप्ति जारी गरी सिंहमाथि राष्ट्रविरोधी अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

‘सुदूरपश्चिमका जनताको भावना बिपरित सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ति दिने सभासद अमरेशकुमार सिंहलाई तत्काल सभासद पदबाट बर्खास्त गर्न तथा कांग्रेसको विधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरी साधारण सदस्यबाट समेत हटाउन कांग्रेस केन्द्रीय कार्य समिति समक्ष जोडदार माग गर्दछौ’ कांग्रेस कैलालीका पार्टी सचिव प्रकाश बहादुर बमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साउन २८ गते टिकापुरमा आयोजित आमसभामा सभासद सिंहले हतियार उठाउने र  मधेसलाई नेपालबाट टुक्राउने अभिव्यक्ति दिएको कैलाली कांग्रेसले बताएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us