Saturday, 22 August 2015

सफल हुन युवालाई फेसबुकका संस्थापक जुकरबर्गको यस्तो टिप्स

सबैभन्दा महत्वपूर्ण आत्मविश्वास र दृढता हो । युवावस्थामा हामीले बारम्बार सुन्नुपर्छ –तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनुभव भएका मानिस धेरै छन् तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिबेला मलाई केही थाहा थिएन ।
आफ्नो अवमूल्यन नगर्नुहोस् , आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, तिनको चाहना पनि फरक छ । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँ–नयाँ आविस्कार गर्न सक्छन् । आफ्नो कामलाई युनिक सोचेर अगाडि बढ्नुहोस् ।
मानिसहरु तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरुको चासो हुन्छ । त्यसैले केही कुरा बनाउनतिर लाग्नुस्, भन्नेतिर होइन ।
आफूलाई प्रश्न सोध्नुहोस्, के म त्यो गरिरहेको छु, जुन मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हो रु आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल हुन पनि सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् । छिटो दौडनुहोस्, छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेका कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस्, अन्यथा त्यसले समस्या पार्न सक्छ ।
चुनौतीहरु सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ, बदलिरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन, जहाँ तपाईं आफूलाई देख्न चाहननुहुन्छ ।
प्रतिवद्दताहरु बनाउनुहोस्, ती प्रतिवद्दता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्छ ।
काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्न सजिलो हुन्छ,त्यहीँ बसेर गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरु यततत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । आजको नयाँ पत्रिका दैनिकमा एक सामग्री प्रकाशित छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us