Sunday, 16 August 2015

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको ज्यान गयो

दैलेख सदरमुकामस्थित नमुना बस्तीमा पहिराले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शनिबार रातिको भिषण वर्षाका कारण १९ वर्षीय रुपा वादी, साढे २ वर्षीय छोरी सपना र डेढ महिनाका जीतबहादुरको मृत्यु भएको हो ।
रुपाका श्रीमान २५ वर्षीय टेकबहादुर वादी गम्भिर घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पहिरोका कारण त्यहाँका ६५ घरपरिवार जोखिममा छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us