Sunday, 16 August 2015

नेपाल बन्द दिउँसो १ बजेपछि फिर्ता

नेकपा माओवादी जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि खुल्ने भएको छ । प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभाव कम परेको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए ।काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शनको तयारीसमेत गरिएको माओवादीले जनाएको छ । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us