Tuesday, 25 August 2015

बालुवाटारमा बसेको चार दलको शीर्ष बैठकद्धारा संविधान नरोक्ने यस्तो निर्णय

प्रहरीका एसएसपीसहित आठजनाको ज्यान जाने गरी कैलालीमा भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माण नरोक्ने निर्णय गरेका छ।

अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रकियालाई भाड्नका लागि विभिन्न कुनाबाट षडयन्त्रहरु भइरहेको विश्‍लेषण गर्दै संविधान निर्माणलाई कुनै पनि हालतमा रोक्न नहुने निश्कर्षमा पुगेका छन्। जनताबाट भइरहेको स्वभाविक प्रदर्शन र प्रतिक्रियालाई भड्काउने र हिंसा फैलाउने कोसिस भइरहेकोले यसप्रति सचेत रहन र सामाजिक सद्‍भाव तथा शान्ति कायम गर्न सहयोग गर्न सबैसमक्ष अपिल पनि गरेको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us