Monday, 31 August 2015

बीरगञ्ज अस्पताल परिसरमै गोली चल्दा तीन घाइते

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन् । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ ।
अस्तपताल हाताभित्रै गोली चलेर मानिसहरु घाइते भएपछि वातावरण आतंकित भएको छ । अस्पतालका चिकित्सक, कर्मचारीहरु आक्रोशित भएका छन् ।
यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us