Thursday, 6 August 2015

बालिका बलात्कार गरेको आरोपमा छिमेकी युवा पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा सात बर्षीया बालिका बलात्कृत भएकी छन् ।
छिमेकी १९ बर्षीय केशव गिरीले बुधबार राती ती बालिकालाई आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएका छन् ।
सोही आरोपको आधारमा प्रहरीले गिरीलाई बुधबार राती नै नियन्त्रणमा लिएर बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
अभियुक्तले बलात्कार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पीडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
गिरी विरुद्ध बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको समेत इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us