Sunday, 23 August 2015

आइतवार दोलखा केन्द्रविन्दु बनाएर ५.१ म्यान्जिच्युडको भुकम्पको धक्का

आइतबार दिउँसो काठमाडौंसहित मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो २ बजेर ४७ मिनेटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु गौरी शंकर संरक्षण क्षेत्रस्थित नेपाल(चीन सिमाना नजिकै रहेको छ ।

डेढ महिनायता ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । यसअघि गत असार १७ गते सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

दोलाखामा आइतबार गएको भूकम्पको धक्का पूर्वी नेपालका सुनसरी, मोरङसहितका जिल्ला तथा मध्य नेपालका काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । भूकम्पको धक्का दोलखा, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लामा पनि भएको छ ।

यसअघि शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । वैशाखको शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूड र सो भन्दामाथिका करिब ३ सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us