बन्दको बहाना बनाई दुग्ध विकास संस्थानले दूध संकलन नगरेको विरोधमा काभ्रेका ग्रामीण भेगका किसानहरुले सोमबार बनेपाको चारदोबाटोमा दूध पोखेर विरोध गरेका छन् ।
दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसियसन, नेपाल डेरी उद्योग संघको मिलोमतोमा दुग्ध विकास संस्थाले कृत्रिम दूध बन्द गरी किसानहरुलाई मर्कामा पारेकोे भन्दै ग्रामस्ण भेगका किसानहरुले आफूले संकलन गरेको दुध पोखेर विरोध गरेका हुन् ।
काभ्रेमा दैनिक ६ करोड बराबरको दूध उत्पादन हुने गर्दछ ।