Sunday, 2 August 2015

प्रेम विवाह गरेकी गिता जलिन् घरभित्रै, घटना ३ दिनपछि सार्वजनीक

बर्दिया मोहम्मदपुर– १ शितलाबजारकी ३० वर्षीया गीता शेखको झण्डै आधा शरिर जलेर नेपालगञ्जको भेरी अञ्चल अस्पताल उपचार गराइरहेको अवस्थामा घटना सार्वजनीक भएको छ ।
अन्तर धार्मिक प्रेम विवाह गरेकी गिताको आधा शरिर जलेको अवस्थामा परिवारका सदस्यहरुले उपचार गराइरहेको अवस्थामा घटना सार्वजनिक भएको हो । उनले गत शुक्रबार राति करिव साढे ९ बजे आफैले आफैमाथि मट्टीतेल छर्केर आगो लगाएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
गीताको उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पुगेका श्रीमान् नईवुद्दिन शेषले भने—‘मैले अर्को विवाह गरे पनि यिनलाई धेरै माया गर्छु तर अचानक यस्तो घटना भयो ।’ भेरी अञ्चल अस्पतालको बर्निङ वार्डको १२६ नम्बर बेडमा अचेत अवस्थामा गीताको उपचार भैरहेको छ ।
भेरी अञ्चल अस्पताल भेटिएकी पीडित गीताकी सहोदर भाइबुहारी पार्वती नेपालीले आफैले आगो लगाएको भन्ने सुनिएको छ । किन र केका लागि हो केही थाहा आफुलाई केही थाहा नभएको बताउनुभयो ।
उनका दुबैहात छाती, खुट्टा, अनुहार लगायतका अंग नराम्रोसँग जलेका छन् । शरिरको ३१ प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । गिताका श्रीमान् नईवुद्दिन शेषले मुस्लिम महिलासँगै दोस्रो विवाह गरेका छन् ।
श्रीमान् १० दिन अघिमात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका हुन् । नेपालगन्जमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि काठमाडौ पठाउने तयारी भएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us