Saturday, 22 August 2015

भीड, आन्दोलन नियन्त्रण गर्न प्रहरीद्वारा १ लाख सेल अश्रुग्यास माग

नेपाल प्रहरीले १ लाख सेल अश्रुग्यास र २० हजार थान लाठी खरिद गर्न प्रस्ताव गरेको छ । कारोबार दैनिकमा समाचार छ ।
आफ्ना माग पूरा गराउने नाममा विभिन्न राजनीतिक दल,जातीय,क्षेत्रीय तथा विभिन्न धार्मिक संघसंस्थाहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरी प्रधान कार्यालयले भीड–दंगा नियन्त्रणका लागि करिब ३५ करोड रुपैयाँ बराबरको यी दंगा नियन्त्रण उपकरण मागेको हो ।
भीड, आन्दोलन नियन्त्रणबाहिर जाने स्थितिमा प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास प्रहार गर्छ । एउटा अश्रुग्यासको मूल्य २०(३५ अमेरिकी डलरसम्म पर्छ । यो करिब २१ सयदेखि ३७ सय रुपैयाँसम्म हो । भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने एउटा बेटको लाठीको मूल्य ३ देखि ४ सय रुपैयाँसम्म पर्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us