Sunday, 16 August 2015

कतारमा दुख गरिरहेका श्रीमानको १२ लाख लिएर श्रीमती अर्कैसँग फरार भएपछि

बाह्र लाख रुपैयासहित श्रीमती अर्कैसंग फरार भएपछि रुकुमको विजयश्वरी गाविस वडा नं ४ नाखिराका धनिराम गिरी अहिले तनावमा रहेका छन् । वालवच्चाको उज्वल भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीको शिलसिलामा कतार पुगेका उनी अहिले श्रीमती सम्पत्तीसमेत लिएर अर्कैसँग हिँडेपछि तनावमा परेका हुन् । दम्पत्तीबीच सहमतिमै गिरी कतार गएपनि त्यसको वर्ष दिन पुग्न नपाउदै श्रीमती चन्द्रकला ५ वर्षे छोरा र ६ वर्षकी छोरी लाई मध्यराती घरमा सुतेको अवस्थामा छाडेर अर्कैसँग भागेको छिमेकीले वताएका छन् । आमा अर्कैसंग विहे गरेर गएपछि अलपत्र परेका वालवच्चा मामली घरमा वस्दै आएका छन् । १२ वर्ष पहिले विहे गरेका धनिरामले खच्चड विक्रि गरेको नगद जिन्सी र हाल सम्म कमाएको जम्मा १२ लाख रुपैया लिएर उनी भागेको बताइएको छ । कतारमा सेक्युरीटी गार्डमा काम गर्ने गिरी घरमा आउन चाहेको भएपनि कम्पनिले २ वर्ष नपुगे सम्म जान नदिने भएपछि झन् चिन्तित वनेका छन् । चन्द्रकला भागेर गएको केटाको नाम र ठेगाना खुल्न सकेको छैन ।-रातोपाटी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us