Thursday, 20 August 2015

कांग्रेस सांसदद्वारा गुण्डा नाइके घैँटेलाई शहीद घोषणा गर्न माग !

गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेलाई प्रहरीले इन्काउन्टरमा मारेको विषयबारे शुक्रबार संसदमा चर्को बहस भएको छ। शुक्रबार संसद बैठकमा बोल्दै कांग्रेस सभासद कौशर साहले घैँटेलाई शहीद घोषणा गर्न माग गरिन्।
'कुमार घैँटे देशको ठूलो मान्छे बन्न सक्थ्योु, उनले संसदमा भनिन्, 'प्रहरीले जानीजानी मार्‍यो। शहीद घोषणा गरिनुपर्छ।'

कांग्रेसकै भीमसेन दास प्रधानले घैँटे मारिएकोमा आपत्ति जनाए। 'संविधानको कुन धारामा मान्छे मार्ने अधिकारबारे लेखिएको छरुु, आक्रोसित मुद्रामा संसदमा पेश भएका उनले भने, 'मृत्युदण्डको व्यवस्था गर्नुहुँदैन भनेर व्यवस्था भएको मुलुकमा दिन दाहडै गोली हानेर मार्ने काम भएको छ।'

प्रहरीले जानीजानी गोली हानेर मार्ने हो भने जेल, अदालत किन चाहियो भन्दै उनले घैँटे हत्याको छानवीन गर्न न्यायिक आयोग गठन गर्न माग गरे।
घैँटेले सामान्य नागरिक भएर गुजारा गर्न चाहेको उल्लेख गर्दै उनले भने, 'नाबालक छोरीको अगाडि बाबुको हत्या गरियो।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us