Monday, 17 August 2015

सप्तरीको भारदहमा तनाव, प्रहरीको गोली लागेर एकको मृत्यु

१ भदौ, राजविराज । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । सडक अबरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको हो । Saptariप्रहरीको गोली लागेर स्थानीय राजिव रौतको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीय त्रसित भएका छन् । दोहोरो झडपमा संघीय समाजवादी जिल्ला अध्यक्ष दिनेशकुमार यादवसहित १५ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुलाई सगरमाथा अन्चल अस्पताल र विराटनगरमा उपचारका लागि पठाइएको छ । नयाँ संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सप्तरीमा तीन दिनदेखि बन्द गराउँदै आएको छ । पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेर बसेकाहरुलाई हटाउने क्रममा विहानैदेखि झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीको एउटा भ्यान तोडफोड गरेका छन् । रोकिराखेको ट्रकमा आगजनीको प्रयास समेत गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि सप्तरीको भारदह खण्ड अबरुद्ध छ । सोमबार राति पनि प्रहरी र प्रदर्शनकारीबीच सो स्थानमा झडप भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us