चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले ।
सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो ।
स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि झुम्मिए ।