Monday, 10 August 2015

वैद्य माओवादीका विद्यार्थी लिपुलेक हिँडेपछि एसएसबीले महाकालीका तुइन काटे

भारतीय सीमा सुरक्षा बल एसएसबीले पश्चिमी सीमा महाकाली नदी वारपार गर्न राखिएका तुइनबाट नेपालीलाई आवागमनमा अवरोध पु¥याएको छ ।
दार्चुलाको सदरमुकाम उत्तरतर्फ पर्ने तीनरचारवटा तुइन काटेर एसएसबीले नेपालीलाई आवागमनमा अवरोध पु¥याएकोे दार्चुलाका प्रजिअ प्रेमसिंह कुँवरलाई उद्धृत गर्दे राससले जनाएको छ । लिपुलेकबारे माओवादीलगायत दल र तीनका भातृ सङ्गठनले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्नाका साथै अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय नेतृत्व दार्चुला आउने खबर पाएपछि भारतीय सुरक्षा निकायले सुरक्षा सतर्कतता बढाएको हो । ‘महाकालीमा रहेका तुइनहरूबाट सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको भन्ने खबर आएको छ ।’ कुँवरले भने, ‘जोलजिवी, सुनसेरालगायतका ठाउँका तुइन काटिएको छ ।’ सुरक्षा सतर्कता अपनाउँदै भारतीय सुरक्षा निकायले दार्चुलाको उत्तरीसीमा क्षेत्रमा आ–आफ्नो भूभागमा व्यापक प्रहरीरसेना र एसएसबी परिचालन गरेको जनाइएको छ । ‘तुइनबाट पारी भारत गएर सवारी साधन चढी यता सदरमुकाम आउन छिटो हुनाका साथै गाडीको व्यवस्था छ ।’ उनले भने, ‘स्थानीय नेपाली भूभाग भएर पैदल आउनुभन्दा भारत भएर आउन सजिलो मान्छन् ।’ महाकाली तटीय क्षेत्रसँग जोडिएका पिपलचौरी, हुती, धौलाकोट, सुन्सेरा, राप्ला र व्यासका उत्तरी गाविसका स्थानीयवासीलाई तुइन तरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ । - रातोपाटी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us