६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले संयुक्तरूपमा आह्वान गरेको बन्दका कारण आइतबार बिहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । तरार्इमा थरूहट समेतको दोहोरो बन्दले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । सडकमा निजी मोटरसाइकल निकै कम चलेका छन् ।