Monday, 24 August 2015

कैलालीमा थारुहट आन्दोलनकारी र प्रहरीबीचको भिडन्तमा पाँचजनाको मृत्यु

कैलालीको टिकापुरमा थरुहटका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा पाँचजनाको मृत्यु भएको छ । तीन दिनदेखि जारी निषेधाज्ञा तोडेर निकालिएको जुलसका सहभागी र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको हो ।
टिकापुरका विभिन्न नाकाबाट निषेधाज्ञा तोड्दै थरुहटका कार्यकर्ताले जुलुस निकालेपछि भएको झडपमा थरुहट र प्रहरी दुबैतर्फ हताहती भएपनि स्थानीय प्रशासनले यसको पुष्टि गरिसकेको छैन ।

झडपका क्रममा दुबै तर्फ १२ जना बढी घाइते भएका छन् । स्थानीय प्रशासनले यो घटनाको आधिकारिक पुष्टि गरिसकेको छैन ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै टीकापुरस्थित सरकारी कार्यालय कब्जा गर्न आएका थरुहटका कार्यकर्ता र प्रहरीबीच झडपछि गोली चल्दा पाँचजनाको ज्यान गएको हो ।

थरुहटका कार्यकर्ता टीकापुर बजारमा प्रवेश गरेपछि टिकापुर अहिले तनावग्रस्त भएको छ । घटनापछि नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरिरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us