उनको ७ जनाको परिवार यही आम्दानीबाट मज्जाले चलिरहेको छ । सरकारी स्वामित्वको नवलपरासी सुनवलस्थित चिनी उद्योगका जागिरे उनी उक्त उद्योग बन्द भएपछि विदेशिनुभन्दा स्वदेशमै केही गरौं भन्ने मनस्थितीका बाख्रा पालन सुरु गरेका थिए ।
‘चिनी उद्योगमा १० वर्ष जागिर गरेँ, पछि बन्द भयो’ ढकालले ‘ बेरोजगार भएपछि रोजगारीका लागि विदेशिनु भन्दा आफ्नै देशमा पसिना बगाए स्वरोजगार बनौं भनेर बाख्रापालन व्यवसाय सुरु गरेको हुँ ।’
लगनशील र मेहनतका साथ काम गरेमा जेमा पनि सफलता मिल्ने उदाहरण बनेका छन् ढकाल । ‘आफ्नै देशमा बसेर मासिक एक लाख रुपैयाँ कमाई हुन्छ भने किन विदेश जाने ? हाम्रो देश नै विदेश हो’ उनले भने ‘रोजगारी खोज्दै विदेशिनुभन्दा स्वदेशमै केही गर्न युवाहरुलाई सुझाव दिन चाहान्छु ।’- अनलाइनखबर