Thursday, 20 August 2015

प्रहरी ‘इन्काउन्टर’ मा गुण्डा नाइके कुमार घैंटे मारिए

प्रहरीले गरेको ‘इन्काउन्टर’ मा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएका छन् ।
काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

‘पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएका थिए’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले भने, ‘गोली लागेपछि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएका उनको उपचारकै क्रममा ज्यान गएको जानकारी अस्पतालबाट आएको छ ।’

गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।अन्नपूर्ण पोस्टले यो खबर लेखेको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us