Wednesday, 19 August 2015

लगेको ऋण माग्न जाँदा उल्टै पत्निलाई करणी गर्न खोज्ने व्यक्तिले एमाओवादी नेताको गरे हत्या

ऋणमा दिएको पैसा नफर्काएपछि  एमाओवादी नुवाकोटका गाउँ कमिटी सचिव राजेश्वर मोक्तान तामाङको हत्या भएको रहस्य खुलेको छ । हत्यामा संलग्न अभियुक्त नुवाकोट उर्लेनीकै अमर भनिने ध्रुबबहादुर स्याङतान पक्राउ परेपछि उनको बयानबाट यस्तो तथ्य खुलेको हो । गाउँमा सहकारी पसल सञ्चालन गरी बसेका तामाङलाई दुई बर्ष अगाडि पटकपटक गरी दिएको २ लाख रुपैयाँ ऋण फिर्ता माग्दा नदिएपछि हत्या गरेको स्वीकार स्याङतानले प्रहरीसमक्ष गरेका छन् । पत्नी र तामाङको अवैधसम्बन्ध रहेको हल्ला फैलिएपछि स्याङतान तनावमा थिए । उनले पत्नीलाई पैसा फिर्ता माग्न तामाङको घर पठाएका थिए । तर तामाङले ‘ मैले तेरो पैसा ब्याजमा लगाएको छु, मसंग भागीविवा गरिन् भने पैसा दिन्नँ’ भनेर शर्मिलालाई करणी गर्ने मनसायले घाँटी थिचेर लडाएका थिए । तामाङको हर्कतबारे शर्मिलाले पतिलाई बताएपछि स्याङतान र तामाङबीच शत्रुता पैदा भएको थियो । ‘मैसँग लिएको ऋण फिर्ता माग्दा उल्टै तामाङले पत्नीलाई करणी गर्न खोज्यो । विवाह गर्न दबाब दियो । त्यो सहन सकिनँ । कि मर्छु वा मार्छु भन्ने निष्कर्षमा पुगें’, स्याङतातको बयान उल्लेख गर्दै महानगीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । प्रहरीले स्याङतानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबारै कर्तब्य ज्यान मुद्दामा म्याद थप गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us