Monday, 17 August 2015

नवलपरासीमा गोली चल्दा सशस्त्र प्रहरी हबल्दार घाइते !

नवलपरासीको बेलासपुरमा गोली चल्दा सशस्त्र प्रहरीका हबल्दार घाइते भएका छन् । ३२ वर्षीय काशीराम विक घाइते भएका हुन् ।
उनको पछाडि भागको बायाँ तिघ्रामा गोली लागेको छ । के कारणले उनलाई गोली लागेको हो भन्नेबारे नवलपरासी प्रहरीले बताएको छैन ।
नवलपरासी सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक शम्भु सापकोटाले पनि घटनाबारे आफूलाई केही थाहा नभएको दाबी गरे । प्रहरी घटनाबारे पुष्टि गर्न नचाहेपनि घाइते सशस्त्र प्रहरी हबल्दार विकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भैरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us