
परासी : नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन् ।
बन्दकर्ताले ना ३ ख ६९२६ नं को ट्रक र बा १० च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन् ।
त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।