Wednesday, 12 August 2015

टेक्ससमा मृत फेला परेका उपेशको अन्त्येष्टि गर्दै नेपाली समाजले गरयो दायित्ववोध

अर्विंग टेक्ससमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको अगस्ट ११ मंगलबार दाहसंस्कार गरियो । नेपाली समाज टेक्सास एन एस टी र गैर आवासीय नेपाली संघ एनआरएनएको सक्रियतामा उनको अन्त्येष्टिको व्यवस्था गरिएको थियो ।
एनएसटीका महासचिव बिजयराज भट्टराई, उपाध्यक्ष वाल जोशी, पुर्वअध्यक्ष एवंम् समाजसेबी व्यवसायी गौरी जोशी, पुर्वअध्यक्ष एवंम् एनआरएनए केन्द्रीय उपाध्यक्ष राम सी पोख्रेल, एनआरएनए कोषाध्यक्ष बेदराज बस्नेत, टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली जन सम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र राज कार्की, ड्यालस एभरेस्ट लायन्स क्लबका पूर्व अध्यक्षहरु मकरध्वज बज्राचार्य, शिव काफ्ले लगाएत स्थानीय नेपाली समाजका मानिसहरू अन्त्येष्टिमा उपस्थित थिए । नेपाली मन्दिरका गुरु डा. शेखर पण्डितले मन्त्र पाठ गर्नु भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us