Monday, 10 August 2015

सुर्खेतमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गयो, अन्य ६ जना गम्भिर घाइते

सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको गोली लागेर एक प्रदर्शनरकारीको ज्यान गएको छ ।
कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतमको ज्यान गएको हो ।
प्रहरी हानेको गोली टाउकोमा लागेपछि ढलेका गौतमलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गएको हो ।

प्रहरीको गोली लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । जसमा ४ जनाको छातीमा गोली लागेको छ ।

सुर्खेत प्रहरी प्रमुखको गाडीमा जलाइयो
आन्दोलन उग्र भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूकाबीच प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् ।

जिल्ला प्रशासनले लगाएको कफ्र्यूमा पनि करिब ३ हजार प्रदर्शनकारी अझै सडकमा रहेका छन्  । प्रदर्शनरकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेस सह–महामन्त्री खड्काको घर अझै पनि घेराउ गरिरहेका छन् । अन्नपूर्ण पोस्ट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us