भारतीय गृहमन्त्री एवं सत्तारुढ दल बीजेपीका नेता राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । उत्तर प्रदेशको महाराजगञ्ज आएका गृहमन्त्री सिंहले आइतबार नेपालको सीमामा खटिएका सीमा सुरक्षाबलका अधिकारीहरुसँग भेटघाट गरेपछि उनले नेपालमा रहेका भारतीयका विषयमा कुरा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले नेपालमा बसोबास गरिरहेका १ करोड भारतीयहरुको संरक्षण गर्नुपर्छ,’ राजनाथको भनाइ उधृत गर्दै पत्रकार पीयुष श्रीवास्तवले इण्डिया टुडेमा समाचार लेखेका छन् ।