प्रेस चौतारी नेपाल उदयपुरद्वारा आइतबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार भेटघाटमा स्वदेशको तलब खाएर डिभी र पिआर लिइ विदेश जाने प्रवृत्ति रोक्न निजामती कर्मचारी एेन चौथो संशोधनसहितको सुधार योजना ल्याइएको बताए ।
ुनिजामती कर्मचारी ऐन चौथो संशोधनसहित अहिले प्रशासनिक सुधारको योजना ल्याइएको छ,ु मन्त्री पण्डितले भने, ुकर्मचारी वर्गले राष्ट्रसेवक भएर काम गर्नैपर्ने हुन्छ, नत्र जागिर छाड्नु पर्छ ।ु
स्वदेशको तलब खाएर डिभी र पिआर लिइ विदेश जाने कर्मचारीको प्रवृत्ति रोक्न आफू प्रतिवद्ध रहेको बताए । ुदेशमा काम गरेर विदेशको डिभी पिआरको सपना देख्नेविरुद्ध कारबाही थालेका छौुं, उनले भने, ुव्यापक प्रशासनिक सुधार गर्न अहिले मैले अभियान नै चलाएको छु ।ु
फरक प्रसंगमा मन्त्री पण्डितले कुनै बाधा–अवरोध बिना नयाँ संविधान साउनभित्रमै जारी हुने बताए । प्रादेशिक सीमाङ्कनसहित संविधान जारी हुनसके धेरैले चित्त बुझाउने मन्त्री पण्डितको भनाइ थियो ।
संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दाबी पनि मन्त्री पण्डितले गरे ।
पूर्वका विभिन्न जिल्लाको प्रशासनिक कामको अनुगमन गर्दै शनिबार उदयपुर आइपुगेका मन्त्री पण्डितले आजै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।