Saturday, 1 August 2015

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा बम्बैमा बेचिन पुगिन्

पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान्श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला(बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमानलाइ वैदेशिक रोजगारीमा पठाइन् ।
यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई नाम परिवर्तन को । श्रीमान् वैदेशिकरोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।

भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।

हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२र३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us