
उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’
उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे । यसैबीच एसएसपी खरेलले आफ्नो नामबाट फर्जी फेसबुक पेज बनाएर जथाभावी लेख्नेविरुद्ध कानुनी उपचारमा लागेको बताए ।