
पूर्वाधार विकास कम्पनीका सीमित सञ्चालकले स्थानीयको सुझाव र सरोकारसमेत लत्याएर एकतर्फी रूपमा काम गरिरहेको सिस्नेरी र खानीखेतका बासिन्दाले आरोप लगाएका छन्। संस्थापक सेयरका रूपमा स्थानीयले दिएको रकम कम्पनीका व्यक्तिले हिनामिना गरेको पूर्वसञ्चालक राजुमान महर्जनले आरोप लगाए। अब स्थानीय स्तरबाट अल्टिमेटमु दिएर जोशीलाई हटाउने र नयाँ नेतृत्व ल्याएर आयोजना अगाडि बढाउने कि भन्ने स्थानीयको विचार रहेको महर्जनले बताए। सुरुङमार्ग निर्माणमा जागेको उत्साह नेतृत्वकै कारण अहिले सेलाएको छ, उनले नागरिकसँग भने, आजसम्म उठाएको रकमको हिसाबकिताब छैन, कुन शीर्षकमा के कति खर्च भयो, यसबारे बताइएको छैन। स्थानीयले भैंसी, बाख्रा र कानका गहना बेचेर दिएको पैसामा नेतृत्वमा बस्ने व्यक्ति विदेश घुम्ने गरेको शंका उनले व्यक्त गरे। खानीखेतका शर्मा पनि कम्पनीको क्रियाकलापले शंका उत्पन्न गरेको बताए। पैसा उठाउन नसकेको कम्पनीले खाजा, चिया खर्चको बिल २५र३० हजार देखाउँछ, उनले भने। कम्पनीका अध्यक्ष कुशकुमार जोशीकै नेतृत्वमा अब यो आयोजना बन्न नसक्ने महर्जनको दाबी छ। उनका अनुसार सिस्नेरी, खानीखेत, कुलेखानीलगायत क्षेत्रका १ सय ३५ व्यक्तिले करिब १५ लाख रुपैयाँ दिएका छन्। आफ्नो पैसाको हिसाबकिताब नहुँदासमेत सुरुङमार्ग निर्माण गर्नुपर्नेमा भने स्थानीय एक छन्, उनले भने। आजको नागरिक दैनिक बाट