Sunday, 30 August 2015

नेपाली राष्ट्रिय फुटवल टोलीले आज भारतबिरुद्ध मैत्रिपुर्ण फुटवल खेल्दै

नेपाली राष्ट्रिय फुटवल टोलीले आज भारतबिरुद्ध मैत्रिपुर्ण फुटवल खेल्दैछ । गत बैशाख १२ गतेको भूकम्पपछि नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । भारतको पुनेस्थित बलेवाडी स्पोर्टस कम्ल्पेक्सको मैदानमा हुने खेलमा नेपालले भारतबिरुद्ध सुखद नतिजाको लक्ष्य सहित मैदानमा उत्रदैछ । काठमाडौमा गत शनिबार भारतलाई हराएर अण्डर नाईन्टिन साफ च्याम्पियनसीपको उपाधि जितेको नेपाली युवा टोलीको प्रदर्शनले सिनियर टोलीलाई पनि हौस्याएको छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एक महिनाको प्रशिक्षणसंगै नेपाली टोली गत शुक्रबार भारत पुगेको हो । आइतबारको प्रि म्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ध्रुव केसीले भूकम्पका बाबजुद एक महिनाको प्रशिक्षणपछि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन । आजको खेलमा उनले फरक रणनीति र टिम फर्मेसन गरिने पनि जनाएका छन । टोलीका कप्तान सागर थापाले भारतलाई हराउनु असंभव नभएको भन्दै यो खेल आसन्न साफ च्याम्पियनशीपको तयारीको रुपमा समेत लिइएको बताए । पछिल्लो समय खारव प्रदर्शन गरिरहेको नेपाली टोलीले फिफा ¥याङकिङमा पनि दक्षिण एशियामा अन्तिममा पुगेको छ । दक्षिण एशियाली महारथी भारतबिरुद्ध पनि नेपालले अहिलेसम्मको नतिजा सुखद छैन । नेपालले भारतसंग खेलेका १७ खेलमा तीनमा जीत र दुई खेल बराबरी गरेको छ । १२ खेलमा नतिजा भा।तलाई सुम्पिएको छ । नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौमै भएको साफ च्याम्पियनशीपमा भारतलाई हराएको थियो । त्यसयताका तीन खेलमा नेपालले भारतलाई हराउन सकेको छैन । पछिल्लो पटक बिश्वकप छनौटको पहिलो चरणको दोस्रो लेगमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपाल र भारतबीचको मैत्रिपुर्ण खेल नेपाली समय अनुसार आज साँझ सवा सात बजेदेखि सुरु हुदैछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us