भारतीय अखबारहरु जागरण, प्रातःकाल, प्रभातखबर, जनसत्ता दैनिकका अनलाइन संस्करणसहित आइबीएन खबर लगायतका केही विद्युतीय संचारमाध्यमले नेपालबाट ‘धर्मनिरपेक्षता’ हटाउन यहाँका राजनीतिक दलहरु भित्रीरुपमा सहमत भएको समाचार सार्वजनिक गरेका हुन् ।
भारतीय संचारमाध्यमले केही दिनअघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘धर्मनिरपेक्षता’ का कारण विवाद बढेको भन्दै दिएको प्रतिक्रियालाई पनि एउटा आधारका रुपमा प्रस्तुत गरेका छन् । दाहालले ‘धर्मनिरपेक्षता’ शब्दले विवाद बढाएको भन्दै त्यसबारे पुनर्विचार गर्नुपर्ने बताएका थिए । यद्यपी उनले धार्मिक स्वतन्त्रता सहितको व्यवस्था राखिने भने पनि हिन्दु राष्ट्र स्थापना हुने भन्नबारे खुलेर केही बताएका थिएनन् ।