Wednesday, 29 July 2015

लसुन खानुस् यस्ता रोगबाट बच्नुस्

लसुन भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। हेर्दा सामान्य लाग्ने लसुनले धेरै फाइदा गरिरहेका हुन्छ। यसलाई दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गरिन्छ। तर, त्यति मात्र नभएर लसुन जति स्वादिलो हुन्छ स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्याउँछ। नियमित लसुन खाने गर्नाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित रुपमा लसुनको प्रयोगले कस्तो कस्तो समस्या समाधान हुन्छ भन्ने कुरा हामीले यहाँ चर्चा गरेका छौँ: –एक केस्रा लसुनलाई मनतातो पानीसँग खाएमा गानो देखेको हट्नुका साथै पेट दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ। –एक केस्रा लसुनलाई घिउमा फुराएर खानासँगै मुछेर खाएमा मुटु रोगीलाई फाइदा पुग्छ। –लसुन फुराएको तेलले मालिस गर्नाले शरीर सुन्निएको र दुःखेको निको हुन्छ। त्यसैगरी बिहान खाली पेटमा एक दुई केस्रा लसुन खाने गरेमा पनि स्वास्थ्यलाई फाइदा हुन्छ। –लसुनको रसमा नून मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।
 –लसुन पिसेर लगाएमा टाउको दुखाइमा कम हुन्छ।
 –बिच्छीले काटेको बेला आँपको धूलोसँग मिसाएर लसुन खाएमा विषको प्रभाव कम हुन्छ।
 –कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।
 –कान दुखेको बेला लसुनको पातको रस वा लसुन फुराएको तेल कानमा हालेमा दुखाइ कम गर्छ।
 –बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। लसुनको केस्रा छोडाएर घिउमा रातो हुने गरी भुटेर दूधमा खीर पकाएझैं पकाएर नियमित एक महिनासम्म खाएमा यसले विर्य बढाउनुको साथै नपुंसकता हराउन सक्छ। (जनचेतनाका लागि वीक्ली नेपाल डटकम बाट साभार गरिएको )

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us