मुम्बईको बम हमलामा २५७ जना मारिएका थिए । भारतको इतिहासमा २६/११ को नामले चिनिने बम हमलापछि भारतीय इन्टलिजेन्स ब्यूरोले मेमनको खोजी शुरु गरेको थियो । मेमनलाई पक्राउ गर्न भारतीय जासूसहरु नेपालमा पनि सक्रिय थिए ।
सन् १९९४ को जुलाई २१ का दिन पाकिस्तानबाट फ्लाइट नम्बर PIA 250 भित्रुवन विमानस्थलमा ल्याण्डिङ भएपछि भारतीय जासुसहरु सक्रिय भएर बसे । उनीहरुलाई एउटा विशेष व्यक्तिमाथि निगरानी गर्नु थियो । यात्रीहरु विमानस्थलको आगमन कक्षतर्फ आउँदै गरेका थिए । त्यही क्रममा एउटा व्यापारीका रुपमा युसुफ अहमद भन्ने व्यक्तिमाथि केरकार सुरु भयो । AA763242 नम्बरको पासपोर्ट बोकेका ती व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेर सोझै भारतीय ब्यूरोका मानिसहरुलाई सुम्पिए ।
एयरपोर्टमा पक्राउ गरिएका तिनै व्यक्ति याकुब मेनन थिए । वकिललाई भेट्न काठमाडौं आएको र त्यहाँबाट भारत जाने खाजेको उनको योजना थियो भनिन्छ । तर भारतीय जाँच एजेन्सीहरुले याकुब नेपालमा पक्रिएको कुरा सार्वजनिक गरेनन् न त नेपालले नै यसबारेमा केही कुरा अगाडि सारेको थियो ।