Sunday, 26 July 2015
भारतबाट २१ नेपाली युवती सहित दुई दलाल पक्राउ
भारतीय प्रहरीले खाडी देश जानका लागि भारत पुगेका २१ नेपाली युवतीलाई गिरफ्तार गरेको छ । अवैध रुपमा रोजगारीका लागि खाडीका देशमा जान नेपालको एअरपोर्ट प्रयोग गर्दा पक्राउ पर्ने डरले भारतको बाटो प्रयोग गरेका उनीहरु गिरफ्तारमा परेका हुन् । भारतीय प्रहरीले छापा मारेर उनीहरुलाई महिपालपुर क्षेत्रका होटलबाट शनिबार गिरफ्तार गरेको हो । पक्राउ परेका मध्य केहिसँग दुवईको पर्यटक भिषा रहेको बताइएपनि उनीहरुको परिचय भने खुलाइएको छैन । प्रहरीका अनुसार उनीहरुसँग भिषा भएपनि श्रम स्टिकर नलगाएको पाइएको छ । पक्राउ गरिएका ति युवतीहरुलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन थुनामा राखिएको छ । उनीहरुसँगै दुई नेपाली दलालसमेत पक्राउ परेको जनाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका डिपुटी कमिनसर एमआई हैदरले जनाएअनुसार दलालले नक्कली यात्रा अनुमति पत्र र कागजातका भरमा धेरै युवतीलाई खाडी मुलुकमा पठाइ सकेको बयान दिएका छन् ।