Saturday, 25 July 2015

दिया मास्के भन्छिन्–केटाभन्दा केटीसँग बढी मज्जा लाग्छ


काठमाडौं । मनिला सोताङको चर्चित गीत भिज्यो सिरानी फेमकी मोडल तथा कागबेनी चलचित्रकी अभिनेत्री दिया मास्केले पुरुष भन्दा केटी साथीसँग रोमान्स गर्दा बढी मज्जा आउँने बताएकी छिन् । पहिलो चलचित्र कागबेनीमा सौगात मल्लसँग हट अन्तरंग दृश्य दिएर चर्चामा आएकी उनले महिला समलिंगीको कथामा आधारित सुनगाभा चलचित्रमा भने अर्की अभिनेत्री निशा अधिकारीसँग अन्तरंग दृश्य दिएकी थिइन् । त्यसक्रममा उनले निशासँग आलिंगनका साथमा किसिङ सिनसम्म दिएकी थिइन् । न्यूज २४ टेलिभिजनसँगको कुराकानीमा दियाले कागबेनीमा सौगातसँग भन्दा सुनगाभामा निशासँगको अन्तरंग दृश्यमा आफूलाई बढी मज्जा आएको बताइन् । साथै निशासँगको अन्तरंग दृश्यमा आफूलाई सहज अनुभव पनि भएको बताईन् । भन्छिन्–त्यस्तो दृश्यका लागि निशा इज मोर बेटर ।

 रंगमञ्चका निर्देशक अनुप बरालकी कान्छी श्रीमति दियाले अरु निर्देशक भएको भए ती दुवै चलचित्रमा आफूले त्यस्तो दृश्य नदिने दाबी समेत गरिन् । भूषण र सुवर्णजी जस्तो प्रोफेशनल र चलचित्रलाई राम्रोसँग बुझ्नुभएका निर्देशकहरुलाई नाइँ भन्न सकिनँ । अर्को कुरा उहाँहरुलाई नाइ भन्न सक्ने आधार पनि मसँग थिएन । किन कि त्यो दृश्य विशुद्ध कथाकै एउटा पाटो हो भन्नेमा म विश्वस्त थिएँ ।
 त्यसैले त्यस्तो दृश्य दिदा मलाई नराम्रो महसूस पनि भएन । दुवै चलचित्र रिलिज भएपछि उक्त दृश्यहरुलाई लिएर कसैले नराम्रो प्रतिक्रिया नदिएको पनि उनले बताइन् । महिला समलिंगीमा आधारित सुनगाभाको कथा नै बोल्ड भएकोले त्यसबाट आफूले पनि अझ म्याच्योर्ड हुने मौका पाएको उनको कथन छ । भन्छिन्–हाम्रै समाजभित्र पनि यस्ता लुकेका सत्यहरु छन् भन्ने थाहा पाउँन पाएँ । कामसँगै समाजको यथार्थसँग अपडेट हुन पाउँनु दुर्लभ कुरा भएको उनको बुझाइ छ । नबीन सुब्बा निर्देशित दलन टेलिचलचित्रबाट पहिलोपटक अभिनयमा होमिएकी दियाले स्वर्गीय आलोक नेम्वाङसँग झण्डै एक दर्जन बढी म्यूजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । आजको दिया मास्के बन्नुमा आलोकको अहम् भूमिका रहेको उनी बताउँछिन् र भन्छिन्–शायद आलोक नभएको भए म अभिनेत्री बन्ने नै थिइँन । नृत्यमा पारंगत मानिने दिया नृत्य विधामै डिग्री हासिल गर्ने अभिनेत्री पनि हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us