भारततर्फको सीमावर्ती क्षेत्र बहराइच जिल्लामा चारजना नेपाली दुईवटा ढुङ्गाका मूर्तिसहित पक्राउ परेका छन् भने अर्का एकजनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा कालीकोट जिल्ला चिलखाय गाविसका २७ वर्षीय खड्कबहादुर शाही रहेका छन् ।

अहिले उनीहरुलाई मोतीपुर थानाको हिरासतमा राखिएको एसएसबीका प्रहरी उपरीक्षक प्रदीपकुमार पालले जानकारी दिनुभएको छ । गत असार २७ गते कालीकोट जिल्लाको पाखा गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने कालिकादेवी मन्दिरबाट तीनवटा ढुङ्गाका मूर्ति चोरेर आफूहरु भागेको बयान उनीहरुले दिएको बुझिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभएको छ । प्रजिअ कुँवरका अनुसार घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा एक टोली आजै बहराइच पठाइएको छ । रासस