नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना हुनुभएको छ । सोमवार
संसद बैठकमा सहभागी हुन सविधानसभा भवन नयाँ बानेश्वर पुग्नुभएका नेपाललाई
एक्कासि रिगटा लागेपछि वीर अस्पताल लगिएको हो । उच्च रक्तचापका कारण नेता
नेपाललाई असहज भएपछि संबिधानसभा भवनबाट वीर अस्पताल लगिएको हो । नेपालको
अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।