नेपालमा सरकारी सेवामा रही विदेशको स्थायी बसोवास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा निरन्तर लागि परेको छ ।
सरकारले संसदको राज्य व्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्य राखिएको भनिएको विवरणमा केही महिनाअघिमात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च पदस्थ कर्मचारीहरु रहेका छन् भने बाँकी व्यक्तिहरुको खोजि भईरहेको र सुचनाहरु संकलनको काम भईरहेको छ । ग्रीन कार्ड लिएको सरकारी सूचीमा रहेका व्यक्तिमध्ये उच्च पदमा रहनेमा मन्त्रालयका सचिव पनि छन् ।
सरकारले हालसम्म प्राप्त गरेको विवरणमा डीभी पाएर वा अन्य कुनै कारणले अमेरिकाको ग्रीनकार्ड लिनेको संख्या धेरै छ । सरकारले नियमावली बन्ने क्रममा रहेकाले नियमावली बनेपछि सबै सरकारी कर्मचारीहरुको डिभीपीआरको विवरण थप सार्वजानिक गर्दै लाने जानकारी दिएको छ । सरकारले गोप्य राखेको डिभी पीआर लिने केहि उच्च पदस्थहरुको लिस्ट तल उल्लेख गरिएको छ ।
को(को छन् डिभी पीआर लिएका उच्च पदस्थ कर्मचारीहरु ?
(अर्थमन्त्रालयका राजश्व सचिव नवराज भण्डारी -अमेरिका
(न्यायसेवातर्फका सहसचिव लक्ष्मण मैनाली -अमेरिका
(न्याय सेवाका सहसचिव धनराज ज्ञवाली -अष्ट्रेलिया
(निजामति कितावखानाका उपसचिव बलदेव जोशी -न्यूजिल्याण्ड
(राजश्व अनुसन्धान विभागका सहसचिव भरतराज सुवेदी -अष्ट्रेलिया
(प्रशासन सेवाका उपसचिव खेमराज निरौला -अमेरिका
(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशी -जर्मनी
(कानून मन्त्रालयमा कार्यरत अधिकृत कृष्ण ज्ञवाली -अमेरिका
(अधिकृत किरणप्रसाद आचार्यले -अमेरिका
(डोलिडारका इन्जिनियर अधिकृत मनोज कणेल -अमेरिका
(भैरहवा भन्सारका प्रमुख लावण्य ढकाल -अमेरिका
(सूचना आयोगमा सहसचिव भई काम गरेका चण्डी दाहाल -नखुलेको
(विमानास्थलको प्रमुख भन्सार अधिकृत योगेन्द्र ओझा -अमेरिका
(पूर्वसचिवहरु त्रिलोचन उप्रेती, रामचन्द्र सिंह र माधवप्रसाद घिमिरे -नखुलेको
(उर्जा मन्त्रालयमा काम गरिसकेका सहसचिव किरण शर्मा -अमेरिका
(बरिष्ठ विउ विकास अधिकृत दुर्गाप्रसाद पन्थी -अमेरिका