Friday, 31 July 2015

देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छः मन्त्री पण्डित

कुमाल समुदायले बुधबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाल लाई बधाई तथा सम्मान गरेको छ ।
कुमाल समुदायको तर्फबाट इतिहासमै पहिलो पटक राज्यको उच्च तह मन्त्रिमण्डल पुग्न सफल भएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाललाई सम्मान गरेको हो ।

नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष नरेन्द्रमान मुखिया कुमालले मन्त्री पण्डितलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नागरिकता लिदैमा कुनै पनि व्यक्ति देशको नागरिक हुन नसक्ने र नागरिक हुनको लागि देश भक्त हुनु पर्ने  बताए ।

कुनै पनि नेता, कर्मचारीहरुमा देश भक्त छैन भने तिनीहरु नेपालका नागरिक होईनन् । भाषणकै क्रममा मन्त्री पण्डितले भने, ‘देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us